काठमाण्डु– प्रधानमन्त्री बालेन शाह (बालेन) ले आफू कालो चश्मा लगाएरै प्रतिनिधिसभा बैठकमा उपस्थित हुने...

पुरा पढ्नुहाेस्

global ime bank Long Banner Ad

चिसोले दुई भूकम्प पीडितको मृत्यु

6.34K
shares

समयमै उचित व्यवस्थापन हुन नसक्दा अत्यधिक चिसोका कारण भूकम्पपीडित मारमा पर्न थालेका छन् । भूकम्पबाट जोगिएका २ जनाले चिसोका कारण ज्यान गुमाएका छन् । शुक्रबार नलगाड नगरपालिका–४ लहँस्थित च्युरीदाराका ८४ वर्षीय गोपालबहादुर रावल र बिहीबार राति सोही वडाकी ४८ वर्षीया पम्फा रावलको मृत्यु भएको हो ।

गोपालबहादुर दमका बिरामी थिए भने पम्फाको निमोनियाका कारण मृत्यु भएको वडाध्यक्ष बद्री पन्तले बताए । ‘लहँ यसै पनि असोजबाटै तुसारो पर्ने चिसो बस्ती हो,’ उनले भने, ‘त्यसमा पनि एकसरो लुगाको भरमा त्रिपालमा रात काट्नुपर्दा वयोवृद्ध गोपालबहादुरको ज्यान गएको हो ।’

माओवादीकी स्थानीय नेतृसमेत रहेकी पम्फा भूकम्पले घर भत्केपछि पार्टीकै निर्देशनमा राहत तथा उद्धारमा खटिरहेकी थिइन् । ‘भोकभोकै दिनभरिको धपेडी र रातभरिको चिसोले निमोनिया भएछ,’ वडाध्यक्ष पन्तले भने, ‘ज्वरो आएको दोस्रो दिनमै उहाँको निधन भयो ।’