काठमाण्डु– प्रधानमन्त्री बालेन शाह (बालेन) ले आफू कालो चश्मा लगाएरै प्रतिनिधिसभा बैठकमा उपस्थित हुने...

पुरा पढ्नुहाेस्

global ime bank Long Banner Ad

मितेरी डेभलपमेन्ट बैंकले भुकम्प राहत कोषमा ७ लाख रुपैयाँ जम्मा गर्ने

4.68K
shares

मितेरी डेभलपमेन्ट बैंकले जाजरकोटसहितका भूकम्प प्रभावित क्षेत्रका लागि सात लाख रुपैयाँ राहत उपलब्ध गराउने भएको छ । बैंकले प्रधानमन्त्री दैविक प्रकोप उद्धार कोषमा ७ लाख रुपैयाँ जम्मा गर्ने निर्णय गरेको हो ।

सुनसरी, मोरङ र झापाका ग्रामिण क्षेत्रमा बैंकिङको पहुचदेखि बाहिर रहेको जनसंख्यालाई वित्तीय साक्षरता अभिवृद्धि गर्दै बैंकिङ पहुच पु¥याउँदै आएको बैंकले विनाशकारी भूकम्पबाट पीडितलाई राहत पुर्‍याउने उदेश्यले ७ लाख रुपैयाँ कोषमा जम्मा गर्ने निर्णय गरेको जनाएको छ ।

बैंकले आर्थिक गतिविधिको माध्यमवाट मूनाफा आर्जन र सो मूनाफाको एउटा हिस्सा समाजका विभिन्न क्षेत्रमा सामाजिक उत्तरदायित्वं अन्तरगत योगदान गर्दै आएको जनाएको छ ।