गृहपृष्ठ अभिनेत्री दिपाशाको मृत्यु
अभिनेत्री दिपाशाको मृत्यु

अभिनेत्री दिपाशा बीसीको निधन भएको छ । स्वास्थ्यमा असहज भएपछि २८ वर्षीया उनलाई बुधबार राति थापाथलीस्थित नर्भिक अस्पतालमा भर्ना गरिएको थियो । तर बिहीबार बिहान अस्पतालले उनलाई मृत घोषणा गरेको हो ।
‘जलपरी’ नामले समेत मोडलिङ र फिल्ममा चर्चित उनले बिरानो माया, चाल, दुलही रानी र झेली फिल्ममा अभिनय गरेकी छिन् । उनको डेब्यु फिल्म ‘दुलही रानी’ २०६८ मा रिलिज भएको थियो ।
प्रकाशित समय : १४:१० बजे