जलविद्युत क्षेत्रमा लगानी गर्न अर्थमन्त्रीको आग्रह
वि.सं.२०८० कात्तिक २३ बिहीवार १३:५६
shares

अर्थमन्त्री डा.प्रकाशशरण महतले जलविद्युत क्षेत्रमा लगानी गर्नका लागि आग्रह गरेका छन् । बिहीबारदेखि काठमाडौंमा सुरु भएको ३९ औँ एसियन बंकर्स एसोसिएसनको जनरल मिटिङ एण्ड कन्फ्रेन्समा सहभागि एशियन मुलुकका बैंकका सीईओहरुलाई अर्थमन्त्री महतले नेपालको जलविद्युत क्षेत्रमा लगानी गर्न आग्रह गरेका हुन् ।
अर्थमन्त्री महतले नेपालको जलविद्युत क्षेत्रमा लगानी गरे सरकारले पूर्ण सहयोग गर्ने प्रतिवद्धता समेत जनाए । अर्थमन्त्री महतले अर्थतन्त्रका सबै क्षेत्रलाई कार्बनरहित बनाउँदै सन् २०४५ भित्र विशुद्ध शून्य कार्बन उत्सर्जनमा पुग्ने लक्ष्य रहेको समेत बताए ।
‘पछिल्लो समय नेपालको जलविद्युत क्षेत्रमा वैदेशिक लगानी वृद्धि हुँदै गएको छ, सरकारले विद्युत उत्पादन, साना उद्योग तथा कृषिलाई प्रमुख प्राथमिकतामा राखेर नीतिगत व्यवस्था गरिहरको छ,’ अर्थमन्त्री महतले भने । आम जनतालाई समेत प्रत्यक्ष लाभ हुनेगरी हरित अर्थतन्त्रको विकासमा जोड दिएको महतको भनाइ छ । बैंक तथा वित्तीय क्षेत्रले मुलुकको अर्थतन्त्र लयमा ल्याउने ठूलो योगदान पुर्याएको उनले बताए ।

























