काठमाण्डु– प्रधानमन्त्री बालेन शाह (बालेन) ले आफू कालो चश्मा लगाएरै प्रतिनिधिसभा बैठकमा उपस्थित हुने...

पुरा पढ्नुहाेस्

global ime bank Long Banner Ad

ओमानविरुद्ध नेपाललाई चौथो सफलता

4.94K
shares

आईसीसी ट्वान्टी–ट्वान्टी विश्वकप एसिया छनोटमा अहिले नेपाल र ओमानबीच प्रतिस्पर्धा भइरहेको छ ।

कीर्तिपुरस्थित टीयू क्रिकेट मैदानमा जस जितेर नेपालले फिल्डिङ रोजेपछि ओमानले ब्याटिङ गरिरहेको छ ।

जारी खेलमा ओमानविरुद्ध नेपाललाई चौथो सफलता मिलेको छ । पाँचौँ ओभरको खेलसम्ममा नेपालका सोमपाल कामीले दुई तथा करन केसी र गुल्सन झाले एक–एक विकेट लिएका छन् । ५ ओभर ४ बलको समाप्तिमा ओमानले जम्मा ३८ रन जोडेको छ ।

समूह ‘ए’को नेपाल र ओमान यसअघि नै दुई खेल जितेर सेमिफाइनल पुगिसकेका छन्।

यसअघि भएका खेलमा दुवै टोलीले अपराजित रहँदै समान चार अङ्क जोडेका छन् । तर ओमान नेटरनरेटका आधारमा शीर्षस्थानमा छ भने नेपाल दोस्रो स्थानमा छ ।

आजको खेलले समूहको विजेता र उपविजेताको टुङ्गो लाग्नेछ ।