काठमाण्डु– प्रधानमन्त्री बालेन शाह (बालेन) ले आफू कालो चश्मा लगाएरै प्रतिनिधिसभा बैठकमा उपस्थित हुने...

पुरा पढ्नुहाेस्

global ime bank Long Banner Ad

एमालेको चियापान : माधव निम्तो छल्न रौतहट पुगे, प्रचण्ड झुट बोले

6.15K
shares

नेकपा एमालेले आयोजना गरेको चियापान कार्यक्रममा प्रधानमन्त्रीदेखि कुटनीतिक नियोगका प्रमुखहरुको समेत सहभागिता रह्यो । चियापानको दृश्यले शीर्ष नेतृत्वबीच कुनै आक्रोश नभएको त देखाउँथ्यो । तर, हिजो सहयात्रा गरेका माधव नेपाल नै कार्यक्रम छल्न रौतहट पुगेपछि कम्युनिष्टहरु नै एक छैैनन् भन्ने सन्देश गयो । जसले चियाको गुलियोमै ओली–माधवबीचको तुष मेटिदैन भन्ने पक्का बनेको छ । यसले नेपालका कम्युनिष्टहरु एकअर्काविरुद्ध नै लडाइँ लडिरहेका छन् भन्ने पनि झनै प्रष्ट पारेको  छ ।

दसैं, तिहार, नेपाल संवत, छठ, इद, ल्होसार आदी पर्वका अवसरमा आयोजित चियापान कार्यक्रममा प्रधानमन्त्री, मन्त्री तथा शीर्ष नेताहरु सहभागी हुँदा हिजो एमालेमै संघर्ष गरेका माधव नेपाललगायत नेताहरु देखिएनन् । ओली प्रधानमन्त्री भएका बेला संसद विघटन गरेपछि एमालेबाट छुट्टिएका माधव नेपालको सम्बन्ध अझै सहज भईसकेको छैन । सार्वजनिक मञ्चमा एकैपटक भेटिँदासमेत असहज मान्ने नेपाल एमालेको चियापानमा यसैकारण नदेखिएका हुनसक्छन् ।

नेपालसहित एकीकृत समाजवादीका नेताहरूलाई एमालेले पहिलोपटक औपचारिक निम्तो पठाएको थियो । एकीकृत समाजवादीलाई पार्टी मान्न एमाले अझैपनि तयार छैन । त्यसैकारण नेपाललाई पूर्वप्रधानमन्त्री मात्रै सम्बोधन गरेर एमालेले निमन्त्रणा पठाएको थियो । पार्टीलाई अझैपनि मान्यता दिन ओलीले आनाकानी गरेपछि अध्यक्ष नेपाल ओलीको निम्तोमा त्यति उत्साहित देखिएनन् । फलतः बुधबारै नेपाल पार्टी कामका लागि भन्दै निर्वाचन क्षेत्र रौतहटतर्फ लागे । गत प्रतिनिधिसभा निर्वाचनमा पार्टीले टिकट नदिएपछि समाजवादीमै गएका महासचिव घनश्याम भुसाल पनि चियापानमा देखापरेनन् ।

गत कात्तिक ११ गते काँग्रेसले आयोजना गरेको चियापान कार्यक्रममा पनि माधव नेपाल ओली निस्किएपछि मात्रै पुगेका थिए । यस्ता कार्यक्रमहरुलाई मेलमिलापको अवसरका रुपमा समेत लिईन्छ । तर माधवको अनुपस्थितिले नेपालका कम्युनिष्टहरु नै एक छैनन् भन्ने सन्देश दिएको छ । कम्युनिष्टहरुबीचको तिक्तता र रोष चियाको गुलियोले समेत मेट्न नसक्ने प्रष्ट भएको छ ।

बुधबार एमालेको कार्यक्रममा सहभागि भएका प्रधानमन्त्री पुष्पकमल दाहालले भने बोली फेरेका छन् । मंगलबार संघीय संसदमा राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेरेसले सम्बोधन गरेपछि प्रचण्डले ओलीलाई लक्षित गर्दै देश विभाजनमा रहेको सन्देश दिएको भन्दै प्रतिक्रिया दिएका थिए । २४ घण्टा बित्न नपाउँदै च्यासलबाटै प्रचण्डले सबै दलहरुबीच समझदारीको वातावरण रहेको भन्न भ्याए ।

एकीकृत समाजवादी पार्टी खोल्न माधव नेपाललाई डोहोर्‍याएर निर्वाचन आयोग पु¥याउने रामकुमारी झाँक्री पनि चियापानमा सहभागि थिइन् । एमाले विभाजनपछि पहिलोपटक असोज २ गते च्यासल पुगेका एकीकृत समाजवादीका सम्मानित नेता झलनाथ खनाल पनि चियापानमा पुगेका थिए । पछिल्लो समय पार्टी अध्यक्ष माधवकुमार नेपालसँग त्यति सहज नमानिरहेका झलनाथ एमाले फर्किने चर्चासमेत हुन्छ । पार्टी फुटाएर एकीकृत समाजवादी गठन माधवकुमार नेपाललाई दह्रो साथ दिएका झलनाथ पछिल्लो समय जिम्मेवारी प्रदान लगायतका विषयलाई लिएर असन्तुष्ट छन् । त्यसो त झलनाथले नेपालका सबै कम्युनिष्टहरू एक हुनुपर्ने आवाज उठाउँदै आएका छन् ।

नेपाल कम्युनिष्ट पार्टी (नेकपा) विभाजन भएको घटनालाई धेरै नेता कार्यकर्ता र सर्मथकहरुले रुचाएका छैनन् । एकताबद्ध हुँदा २०७४ सालमा सम्पन्न आम निर्वाचनमा करिब ६८ प्रतिशत मत पाएका कम्युनिष्टहरुको मत विभाजन हुँदा पछिल्लो निर्वाचनमा निकै खस्किएको छ । एजेण्डामै एकमत हुन नसकेर फरक–फरक दोकान खोल्ने प्रवृत्तिले कम्युनिष्टहरु एकअर्कामै लडिरहेको विज्ञहरु बताउँछन्।

कम्युनिष्ट एकताका लागि प्रयासरत तप्का अहिले पनि नभएको भने होईन । तर सत्तालिप्सा र स्वार्थको टकरावले मिल्न सकिरहेका छैनन् । परिणामस्वरुप मेलमिलापका कार्यक्रममै हिजोका सहयात्रीहरु नै मुख छोपेर हिड्नुपरेको छ । त्यसकै कारण आफूलाई सच्चा कम्युनिष्ट भन्नेहरुले नै दक्षिणपन्थी दलहरुको फेरो समातेर सत्ताभोग गरिरहनुपरेको आजको यथार्त हो ।