काठमाण्डु– प्रधानमन्त्री बालेन शाह (बालेन) ले आफू कालो चश्मा लगाएरै प्रतिनिधिसभा बैठकमा उपस्थित हुने...

पुरा पढ्नुहाेस्

global ime bank Long Banner Ad

सुनको मूल्यमा पुनः नयाँ रेकर्ड, कति पुग्याे तोलाको ?

5.27K
shares

नेपाली बजारमा आज सुनको मूल्यले नयाँ रेकर्ड बनाएको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको भाउ तोलामा १ हजार रूपैयाँले बढेर नयाँ रेकर्ड बनाएको हो। शुक्रबार प्रतितोला १ लाख १६ हजार रुपैयाँमा कारोबार भएको सुन आज १ लाख १७ हजार रुपैयाँमा कारोवार भइरहेको छ।

साथै तेजाबी सुन प्रतितोला १ लाख १६ हजार ४ सय ५० रुपैयाँमा कारोबार भइरहेको छ। त्यसैगरी चाँदीको मूल्य १५ रूपैयाँले बढेकाे छ। शुक्रबार १ हजार ४ सय रूपैयाँमा काराेवार भएकाे चाँदी आज १ हजार ४ सय १५ रूपैयाँमा काराेवार भइरहेकाे छ ।

नेपाली बजारमा आज सुनको मूल्य प्रतितोला १ लाख १७ हजार रुपैयाँ पुगेको छ । यो नेपाली बजारमा सुनको हालसम्मकै उच्च मूल्य हो ।