काठमाण्डु– प्रधानमन्त्री बालेन शाह (बालेन) ले आफू कालो चश्मा लगाएरै प्रतिनिधिसभा बैठकमा उपस्थित हुने...

पुरा पढ्नुहाेस्

global ime bank Long Banner Ad

कुमारी बैंकको ऋणपत्रमा आवेदन दिने समय थप

5.5K
shares

कुमारी बैंकले निष्काशन गरेको ऋणपत्रमा मागअनुसार आवेदन नपरेपछि समय थप गरेको छ । अब ऋणपत्रमा कात्तिक १६ सम्म आवेदन दिन सकिनेछ ।

बैंकले कात्तिक २ देखि ५ अर्ब रुपैयाँको ऋणपत्र निष्कासन गरेको छ । प्रतिइकाई १ हजार रुपैयाँका दरले ५० लाख इकाई ऋणपत्र निष्कासन गरिएको छ । जसमा ३० लाख इकाई बैंकले विभिन्न संघ(संस्थालाई बिक्री गर्नेछ ।

बाँकी २० लाख इकाई सर्वसाधारणका लागि निष्कासन गरिएको हो । एक लाख इकाई सामूहिक लगानी कोषलाई छुट्याइएको छ ।

बैंकले १० वर्ष अवधिको ‘१० प्रतिशत केबीएल डिबेन्चर २०९०’ जारी गरेको हो । यसमा वार्षिक १० प्रतिशत ब्याज पाइन्छ ।

ऋणपत्रमा न्यूनतम २५ देखि अधिकतम ५ लाख इकाईसम्म आवेदन दिन सकिन्छ । सी-आस्वा सदस्य रहेका बैंक तथा वित्तीय संस्था र मेरो सेयरमार्फत आवेदन दिन सकिनेछ । बिक्री प्रबन्धकमा नबिल इन्भेष्टमेन्ट बैंकिङ रहेको छ ।