काठमाण्डु– प्रधानमन्त्री बालेन शाह (बालेन) ले आफू कालो चश्मा लगाएरै प्रतिनिधिसभा बैठकमा उपस्थित हुने...

पुरा पढ्नुहाेस्

global ime bank Long Banner Ad

सरकारले दसैँका लागि आजदेखि खसीबोका बिक्री गर्ने

5.69K
shares

सरकारले दसैँका लागि काठमाडौँ उपत्यकामा आजबाट खसीबोका र च्याङ्ग्राको बिक्री वितरण सुरु गर्ने भएको छ ।

खाद्य व्यवस्था तथा व्यापार कम्पनीले आजदेखि बडादसैँका लागि खसीबोका र च्याङ्ग्रा बिक्री गर्न लागेको हो ।

मुस्ताङ, पोखरा, धादिङ, मकवानपुर, रसुवा र दाङबाट खरिद गरिएका खसी, बोका र च्याङ्ग्राको बिक्री बितरण हुनेछ ।

खाद्य व्यवस्था तथा व्यापार कम्पनीको थापाथलीस्थित बागमती प्रादेशिक कार्यालयबाट खसी, बोका र च्याङ्ग्रा बिक्री थालिएको हो ।

कम्पनीका अनुसार अहिलेसम्म दुई हजार खसीबोका र एक हजार च्याङ्ग्रा बिक्री गर्ने गरी थापाथलीमा ल्याएको छ । खसी, बोका र च्याङ्ग्रा खरिदका लागि यो वर्ष सरकारले ८ करोड ३३ लाख रुपैयाँ बजेट छुट्याएको थियो ।