काठमाण्डु– प्रधानमन्त्री बालेन शाह (बालेन) ले आफू कालो चश्मा लगाएरै प्रतिनिधिसभा बैठकमा उपस्थित हुने...

पुरा पढ्नुहाेस्

global ime bank Long Banner Ad

रुपैयाँ २० को नयाँ नोट प्रचलनमा आयो

9.93K
shares

नेपाल राष्ट्र बैंकले २० रुपैयाँ दरको नोट प्रचलनमा ल्याउने तयारी गरेको छ । जसको जानकारी बैंकले सूचना जारी गर्दै दिएको हो ।

राष्ट्र बैंकले जारी गरेको सूचनामा भनिएको छ, ‘साविककै आकार र रंगमा संकेत नम्बर ठ-८७०००००१ देखि त-१८ ९९९९९९ सम्म नेपाल सरकारको जमानत प्राप्त यसको रुपैयाँ भुक्तानी माग्न आएमा नेपाल राष्ट्र बैंकबाट रुपैयाँ बिस तुरुन्त पाइनेछ ।’

यो नोट शुक्रबारदेखि नै चलनचल्तीमा आउनेछ ।

नोटको बायाँतर्फ सगरमाथाको चित्र तथा दायाँतर्फ लालीगुराँसको छाप पनि रहेको छ। यस्तै गभर्नरको दस्तखत रहेको स्थानमा गभर्नर महाप्रसाद अधिकारीको दस्तखत रहेको छ।

नोटको तल्लो भागको बोर्डरमा नोटको सिरियल नम्बर नेपालीमा ‘२०७९’ लेखिएको छ। नोटको मध्य भागको माथिल्लो खण्डमा अंग्रेजीमा ‘नेपाल राष्ट्र बैंक’ लेखिएको छ भने मध्य भागमा दुईवटा बाह्रसिंगाको चित्र छ।