गृहपृष्ठ कपिलवस्तुमा करेन्ट लागेर एकजनाको मृत्यु
कपिलवस्तुमा करेन्ट लागेर एकजनाको मृत्यु

कपिलवस्तुको शिवराज नगरपालिका–१ बनकसबासामा घाँस काट्ने क्रममा करेन्ट लागेर एकजनाको मृत्यु भएको छ।
बनकसबासा बस्ने अन्दाजी वर्ष ५० का धनबहादुर थापाको करेन्ट लागेर मृत्यु भएको नेपाल विद्युत् प्राधिकरण चन्द्रौटाका शाखाका इन्चार्ज दिनबन्धु आचार्यले जानकारी दिए।
विद्युत् पोलनजिकै रहेको रुखमा चढेर घाँस काट्दा तारमा विद्युत् प्रवाह भई थापाको मृत्यु भएको हुनसक्ने उनको भनाइ छ। थापाको शव परीक्षणका लागि जिल्ला अस्पताल तौलिहवा लगिएको छ।
मृत्यु भएका थापाको आफ्नो परिवार कोही नभएकाले नजिकैका आफन्तलाई सम्पर्कमा ल्याई शव बुझाइने जिल्ला प्रहरी कार्यालयले जनाएको छ। थापा गाउँको प्रतीक्षालयमा बस्ने र अरुको काम गरिदिएबापत स्थानीयवासीले खाना दिने गरेको स्थानीयले बताएका छन्।
प्रकाशित समय : १७:५५ बजे