गृहपृष्ठ ललिता निवास प्रकरण : मीनबहादुर गुरुङसहित १७ जना धरौटीमा रिहा गर्न आदेश
ललिता निवास प्रकरण : मीनबहादुर गुरुङसहित १७ जना धरौटीमा रिहा गर्न आदेश

काठमाडौंको बालुवाटारस्थित ललितानिवासको सरकारी जग्गा हिनामिना प्रकरणमा १७ अभियुक्तलाई धरौटीमा रिहा गर्न आदेश दिइएको छ । आइतबार काठमाडौं जिल्ला अदालतले उनीहरूलाई धरौटीमा रिहा गर्न आदेश दिएको हो ।
न्यायाधीश भोलानाथ ढकालको १३ नम्बर इजलासमा सात दिन लामो थुनछेक बहसपछि यस्तो आदेश दिइएको अदालत प्रशासनले जनाएको छ ।
अभियुक्त केशव दुलाललाई भने साधारण तारेखमा छाड्ने आदेश दिइएको छ ।
कोसँग कति धरौटी माग ?
केशव तुलाधर- साधारण तारेखमा रिहा
मीनबहादुर गुरुङ – २ करोड ४६ लाख रुपैयाँ
शिवजी भट्ट–३ लाख ३० हजार रुपैयाँ
रुद्र कुमार श्रेष्ठ– ७ लाख ५० हजार रुपैयाँ
बालकृष्ण श्रेष्ठ –७ लाख ५० हजार रुपैयाँ
कलाधर देउजा –१५ लाख रुपैयाँ
घमन कुमार कार्की– ७ लाख ५० हजार रुपैयाँ
गोपाल कार्की –७ लाख ५० हजार रुपैयाँ
विनोद पौडेल– १५ लाख रुपैयाँ
योगराज पौडेल– ७ लाख ५० हजार रुपैयाँ
नारायणराज मिश्र –७ लाख ५० हजार रुपैयाँ
अरुण कुमार श्रेष्ठ –७ लाख ५० रुपैयाँ
ध्रुव प्रसाद अर्याल –३ लाख ३० हजार रुपैयाँ
बाबुराजा महर्जन– १ लख १० हजार रुपैयाँ
देवनारायण महर्जन – १ लाख १० हजार रुपैयाँ
सकलानन्द महर्जन– १ लाख १० हजार रुपैयाँ
सञ्जय कुमार महर्जन– १ लाख १० हजार रुपैयाँ
लोकरि घिमिरे –७ लाख ५० हजार रुपैयाँ
प्रकाशित समय : १६:२६ बजे