काठमाण्डु– प्रधानमन्त्री बालेन शाह (बालेन) ले आफू कालो चश्मा लगाएरै प्रतिनिधिसभा बैठकमा उपस्थित हुने...

पुरा पढ्नुहाेस्

global ime bank Long Banner Ad

सर्लाहीमा कर्फ्यु हट्यो, ७२ घण्टासम्म भेला वा आमसभा गर्न निषेध

5.06K
shares

सर्लाहीको सदरमुकाम मलंगवामा लगाइएको कर्फ्यु हटेको छ । कर्फ्यु हटेपनि ७२ घण्टासम्म कुनैपनि किसिमका भेला, आमसभा गर्न भने रोक लगाइएको जिल्ला प्रशासन कार्यालयले जनाएको छ ।

कृष्ण जन्माष्टमीको मूर्ति बिसर्जन गर्ने क्रममा दुई पक्षबीच झडप भएपछि प्रशासनले शनिबार कर्फ्यु जारी गरेको थियो। हिजो दिउँसो ४ बजेदेखि जारी कर्फ्यु आज बिहान ८ बजे हटेको हो । निशेषाज्ञा हटेसँगै जनजीवन सामान्य बन्दै गएको छ । यातायात सेवासमेत सुचारु हुँदै गएको छ ।

शुक्रबार कृष्ण जन्माष्टमीको मूर्ति बिसर्जन गरेर फर्किने क्रममा मलंगवामा दुई समुदायबीच झडप र ढुंगामुढा भएको थियो । त्यसक्रममा स्थिति नियन्त्रणमा लिन प्रहरीले १६ सेल अश्रुग्यास र एक राउण्ड हवाइ फायर गरेको थियो ।

शनिबार पनि बिहानैदेखि मलंगवामा प्रदर्शन र ढुंगामुढा हुन थालेपछि स्थानीय प्रशासनले सर्वपक्षीय भेला बोलाएर सद्भाव कायम राख्न अपिल गरेको थियो ।

प्रशासनको अपिल पछि पनि प्रदर्शन नरोकिएपछि कर्फ्यु जारी गरिएको थियो ।