काठमाण्डु– प्रधानमन्त्री बालेन शाह (बालेन) ले आफू कालो चश्मा लगाएरै प्रतिनिधिसभा बैठकमा उपस्थित हुने...

पुरा पढ्नुहाेस्

global ime bank Long Banner Ad

माण्डु हाइड्रोपावरको आइपीओ बाँडफाँट आज

5.08K
shares

माण्डु हाइड्रोपावर लिमिटेडले जारी गरेको १३ लाख ६ हजार ३०६ कित्ता सेयर आइपीओ आज बाँटफाँट गर्दैछ । कम्पनीले भदौ १० देखि १३ गतेसम्म फेस भ्याल्यू १०० रुपैयाँमा १०६ रुपैयाँ प्रिमियम थप गरी प्रतिकित्ता २०६ रुपैयाँ दरमा आइपीओ जारी गरेको हो ।

बिक्री प्रबन्धक प्रभु क्यापिटलले आज (आइतबार) आफ्नै कार्यालय कमलादी काठमाडौंमा बिहान ९ः३० बजे आइपीओ बाँडफाँट गर्ने भएको हो । माण्डुको आइपीओमा मागभन्दा ८.८७ गुणा बढी आवेदन परेको छ ।

माण्डुको आइपीओमा ९ लाख ८० हजार ५५ जनाले कुल १ करोड ६ लाख ९५ हजार ३३० कित्ताका लागि आवेदन दिएका छन् । एक लाख २० हजार ५३२ जनाले मात्र पाउनेछन्‌ । आवेदन दिएका बाँकी ८ लाख ५९ हजार ५२३ जनाको भने हात खाली हुनेछ ।

कम्पनीले फेस भ्याल्यू १०० रुपैयाँमा १०६ रुपैयाँ प्रिमियम थप गरी प्रतिकित्ता २०६ रुपैयाँ दरले १३ लाख ६ हजार ३०६ कित्ता सेयर आइपीओ जारी गरेको हो । जसमध्ये २८ हजार ८५३ कित्ता सेयर कम्पनीका कर्मचारीका लागि छुट्याइएको छ । ७२ हजार १३३ कित्ता सेयर सामूहिक लगानी कोष र बाँकी १२ लाख ५ हजार ३२० कित्तामा सर्वसाधारणलाई आवेदन आह्वान गरिएको हो ।

माण्डु हाइड्रोपावरले मकवानपुरको इपा गाउँपालिकामा २२ मेगावाट क्षमताको बागमती स्मल जलविद्युत आयोजना निर्माण तथा सञ्‍चालन गरिरहेको छ ।