काठमाण्डु– प्रधानमन्त्री बालेन शाह (बालेन) ले आफू कालो चश्मा लगाएरै प्रतिनिधिसभा बैठकमा उपस्थित हुने...

पुरा पढ्नुहाेस्

global ime bank Long Banner Ad

एसिया कपमा श्रीलंका र बंगलादेश भिड्दै

5.48K
shares

एसिया कप एकदिवसीय क्रिकेट प्रतियोगिताको सुपर फोरको खेलमा आज शनिबार बंगलादेश र श्रीलंका भिड्दै छन्। दुई राष्ट्रबीचको खेल नेपाली समय अनुसार दिउँसो सवा ३ बजे श्रीलंकाको आर प्रेमदासा क्रिकेट स्टेडियममा हुनेछ।

बंगलादेश सुपर फोरको दोस्रो खेल खेल्दैछ। पहिलो खेलमा पाकिस्तानसँग पराजित भएको थियो। यस खेलमा जित दर्ता गरेर बंगलादेश फाइनलको सम्भावना बलियो बनाउन चाहन्छ।

सुपर फोरमा पहिलो खेल खेल्दै गरेको साबिकको विजेता श्रीलंका पनि सुखद सुरुआत गर्न चाहन्छ। समूह चरणमा एकै समूहमा रहेका बंगलादेश र श्रीलंकाबीचको खेलमा बंगलादेश पराजित भएको थियो।

श्रीलंका समूह बी को विजेताको रुपमा सुपर फोरमा पुगेको हो। बंगलादेश समूह बी को उपविजेताको रुपमा सुपर फोरमा पुगेको हो।श्रीलंकाले समूह चरणमा बंगलादेश र अफगानिस्तानलाई पराजित गरेको छ।

उता, बंगलादेश पहिलो खेलमा श्रीलंकासँग पराजित भएकोमा दोस्रो खेलमा अफगानिस्तानलाई पराजित गरेको थियो। सुपर फोरमा बंगलादेश, श्रीलंका, पाकिस्तान र भारत रहेका छन्। चार टिमबीच एकआपस खेल भएर शीर्ष दुई टोलीबीच फाइनल खेल हुनेछ।