गृहपृष्ठ ओली भेट्न पतिसहित बालकोट पुगिन् मानुसी
ओली भेट्न पतिसहित बालकोट पुगिन् मानुसी

नेपाल समाजवादी पार्टीका अध्यक्ष तथा पूर्वप्रधानमन्त्री डा.बाबुराम भट्टराईकी छोरी मानुसी यामी भट्टराईले एमाले अध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीसँग भेट गरेकी छिन् ।
आफ्ना पति जेकेन्द्र श्रेष्ठसहित मानुसी बालकोट पुगेकी हुन् । फेसबुकमा भेटको तस्बिर राख्दै मानुसीले लेखेकी छन्, ‘पूर्वप्रधानमन्त्री एवं नेकपा (एमाले) का अध्यक्ष आदरणीय केपी शर्मा ओलीसँग समसामयिक विषयहरूमा छलफलपश्चात् ।’ मानुसी मंसिर ४ मा माओवादी केन्द्रको चुनाव चिन्हबाट काठमाडौं ७ मा उम्मेदवार बनेकी थिइन् ।
प्रकाशित समय : ११:५२ बजे