३ सयले घट्यो सुनको मूल्य, प्रतितोला कति पर्छ ?
वि.सं.२०८० भदौ १५ शुक्रवार १४:१९
shares

सुनचाँदी बजारमा आज छापावाल सुनको मूल्य प्रतितोला तीन सय घटेको छ । अघिल्लो दिन प्रतितोला एक लाख १२ हजार आठ सयमा कारोबार भएको सुनको मूल्य आज एक लाख १२ हजार पाँच सय निर्धारण गरिएको हो ।
नेपाल सुनचाँदी व्यवसायी महासंघले सार्वजनिक गरेको विवरणअनुसार आज तेजाबी सुनको मूल्य प्रतितोला एक लाख ११ हजार नौ सय ५० छ । तेजाबी सुनको मूल्य हिजो एक लाख १२ हजार दुई सय ५० थियो ।
त्यस्तै आज चाँदीको मूल्य अघिल्लो कारोबार मूल्यको तुलनामा प्रतितोला १० रुपैयाँले घटेर एक हजार चार सय ७० तोकिएको महासंघले जनाएको छ ।

























