काठमाण्डु– प्रधानमन्त्री बालेन शाह (बालेन) ले आफू कालो चश्मा लगाएरै प्रतिनिधिसभा बैठकमा उपस्थित हुने...

पुरा पढ्नुहाेस्

global ime bank Long Banner Ad

दुई विकास बैंकको ऋणपत्र नेप्सेमा सूचीकृत

4.91K
shares

नेपाल स्टक एक्सचेन्जमा दुई विकास बैंकको ऋणपत्र सूचिकृत भएको छ । नेप्सेमा महालक्ष्मी विकास बैंक र लुम्बिनी विकास बैंकको ऋणपत्रहरु सूचिकृत भएको हो ।

महालक्ष्मीको ‘महालक्ष्मी डिबेन्चर–२०८९’ र लुम्बिनीको ‘एलबीबीएल डिबेन्चर–२०८९’ नामक ऋणपत्र सूचिकृत भएको हो ।

महालक्ष्मी विकास बैंकको कुल १० लाख इकाइ ऋणपत्र नेप्सेमा सूचिकृत भएको छ । यो १० वर्षे अवधिको ऋणपत्र हो । यसमा लगानीकर्ता वार्षिक ११ प्रतिशत ब्याज पाउनेछन् ।

त्यस्तै लुम्बिनी विकास बैंकको कुल १० लाख इकाइ ऋणपत्र नेप्सेमा सूचीकृत भएको छ । १० वर्षे अवधिको ऋणपत्र हो । यसमा पनि लगानीकर्ता वार्षिक ११ प्रतिशत ब्याज पाउनेछन् ।

यी दुबै ऋणपत्र नेप्सेमा सूचिकृत भएसँगै भोलि आइतबारदेखि कारोबार धितोपत्रको दोस्रो बजारमा कारोबारमा आउनेछन् ।