काठमाण्डु– प्रधानमन्त्री बालेन शाह (बालेन) ले आफू कालो चश्मा लगाएरै प्रतिनिधिसभा बैठकमा उपस्थित हुने...

पुरा पढ्नुहाेस्

global ime bank Long Banner Ad

संखुवासभामा ४० मेगावाटको हाइड्रोपावर निर्माण हुने

6.38K
shares

कोशी प्रदेशको संखुवासभास्थित सिचिचोङ गाउँपालिकामा ४० मेगावाट क्षमताको माथिल्लो संखुवाखोला जलविद्युत आयोजना बने भएको छ ।

विद्युत विकास विभागकाअनुसार उक्त जलविद्युत आयोजना निर्माण गरि विद्युत उत्पादनका लागि ह्याप्पमी इनर्जी प्रालिले अनुमति पत्रका लागि दरखास्त दिएको हो ।

सूचनाकाअनुसार सिचिचोङ गाउँपालिकाको वडा नम्बर २ र ४ भएर बग्ने संखुवा खोलामा यो जलविद्यूत आयोजना बन्न लागेको हो । आयोजनाको विस्तृत परियोजा प्रतिवेदन (डीपीआर) निर्माण गर्ने कम्पनी ह्याप्पी इनर्जी प्रालिले २०२२ डिसेम्बरमा तयार गरेको विभागले जनाएको छ ।

यो आयोजना नदी प्रहावमा आधारित हुनेछ भने जडित क्षमता ४० मेगावाट क्षमताको रहनेछ । यसको डिजाइन बहाव ९।६१ घनमिटर प्रतिसेकेन्ड र कुल हेड ५१६ मिटर रहनेछ । आयोजनाबाट वार्षित सरदर २३५।४० गिगावाट घण्टा विद्युतीय उर्जा उत्पादन हुनेछ ।

आयोजनाका मुख्य संरचनाहरु लुनसुन खोला र संखुवा खोलाको बायाँ किनारमा निर्माण गरिनेछ । पानीलाई विद्युत उत्पादनका लागि फर्काउनका लागि बनाइने मुख्य बाँध २६ मिटर हुनेछ ।