गृहपृष्ठ काजुको आयात ६४ प्रतिशतले घट्यो

काजुको आयात ६४ प्रतिशतले घट्यो

काजुको आयात ६४ प्रतिशतले घट्यो

चालु आर्थिक वर्ष २०८०/०८१ को पहिलो महिना साउनमा पाँच करोड ८२ लाख ३२ हजार रुपैयाँ बराबरको काजु नेपाल भित्रिएको छ ।भन्सार विभागले सार्वजनिक गरेको तथ्यांकअनुसार एक महिनामा ६३ हजार ९२१ किलोग्राम काजु नेपाल भित्रिएको हो ।

यसबाट सरकारले दुई करोड ८८ लाख ६५ हजार रुपैयाँ राजस्व संकलन गरेको छ ।साउनमा भारत र भियतनामबाट नेपालमा काजु आयात भएको छ ।गत वर्षको यो अवधिमा भने, १२ करोड ६६ लाख ३५ हजार रुपैयाँ बराबरको एक लाख ७६ हजार १६८ किलोग्राम काजु नेपाल भित्रिएको थियो ।यसरी गत वर्षको यसै महिनाको तुलनामा काजुको आयात ६३.७१ प्रतिशतले घटेको हो ।

प्रकाशित समय : ०९:०९ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु