काठमाण्डु– प्रधानमन्त्री बालेन शाह (बालेन) ले आफू कालो चश्मा लगाएरै प्रतिनिधिसभा बैठकमा उपस्थित हुने...

पुरा पढ्नुहाेस्

global ime bank Long Banner Ad

कुल क्षेत्रफलमध्ये ९२ प्रतिशत मात्रै धान रोपाइँ

4.24K
shares

यस वर्ष धान रोपाइँ घटेको छ । कुल क्षेत्रफलमध्ये यो वर्षको भदौ १ गतेसम्म १३ लाख ७५ हजार १३४ हेक्टर क्षेत्रफलमा धान रोपाइँ भएको छ ।

कृषि तथा पशुपन्छी विकास मन्त्रालयका अनुसार कुल क्षेत्रफलमध्ये भदौ १ गतेसम्म ९२ प्रतिशत रोपाइँ सम्पन्न भएको छ । गत वर्षको साउन २८ गतेसम्म १४ लाख २७ हजार ९०२ हेक्टर क्षेत्रफलमा धान रोपाइँ भएको थियो ।

यस वर्ष मधेस, वाग्मती, गण्डकी प्रदेशमा कमी आएको छ । सुदूरपश्चिम, कर्णाली र कोसी प्रदेशमा भने सबैभन्दा बढी भएको छ । सुदूरपश्चिम र कर्णालीमा ९९ प्रतिशत तथा कोसीमा ९७ प्रतिशत रोपाइँ भएको छ ।

मधेसमा भने रोपाइँ हुने कुल क्षेत्रफल मध्ये ८२ प्रतिशत भएको छ । तराईमा कुल चार लाख एक हजार ६५० हेक्टर जमिनमा रोपाइँ गर्न सकिन्छ । तर, भदौ १ गतेसम्म तराईमा तीन लाख ३१ हजार १६५ हेक्टर क्षेत्रफलमा रोपाइँ भएको छ ।

गत वर्ष कुल १४ लाख २७ हजार ९०२ हेक्टर क्षेत्रफलमा धान रोपाइँ भएको थियो ।