काठमाण्डु– प्रधानमन्त्री बालेन शाह (बालेन) ले आफू कालो चश्मा लगाएरै प्रतिनिधिसभा बैठकमा उपस्थित हुने...

पुरा पढ्नुहाेस्

global ime bank Long Banner Ad

कहाँ हरायो सेयर कारोबारबाट सरकारले पाउने राजश्व ?

6.8K
shares

सेयर बजारमा आएको गिरावटसंगै सरकारलाई प्राप्त हुने धितोपत्र पुँजीगत लाभकरमा पनि कमी आएको छ ।चालु आर्थिक वर्ष २०८०/८१ को पहिलो महिनामा पुँजीगत लाभकर घटेको हो ।

सीडीएसीबाट प्राप्त तथ्याङ्क अनुसार अघिल्लो आवको सोही महिनाको तुलनामा यस्तो लाभकरमा गिरावट देखिएको हो ।

चालु आवको साउनमा पुँजीगत लाभकर ४० करोड ८ लाख ९१ हजार रुपैयाँ उठेको छ । तर, यो अघिल्लो आवको सोही महिनाको तुलनामा ४.६७ प्रतिशतले कम हो । अघिल्लो आवको सोही अवधिमा भने यस्तो लाभकर ४२ करोड ६ लाख ४३ हजार रुपैयाँ रहेको थियो । विशेषगरि सेयर बजारमा आएको गिरावटसँगै सरकारले पाउने पुँजीगत लाभकरमा पनि ह्रास आएको हो ।

चालु आवको साउनमा व्यक्तिगत अल्पकालीन लगानीकर्ताबाट २२ करोड ४७ लाख १२ हजार रुपैयाँ पुँजी लाभकर पाएका छ । तर, अघिल्लो वर्षको साउनको तुलनामा भने यस्तो कर २५ करोड १३ लाख १२ हजार रुपैयाँ रहेको थियो ।

यस्तै दीर्घकालीन लगानीकर्ताबाट गत आवको साउन मसान्तसम्म राज्यले १४ करोड ७२ लाख ७७ हजार ६७ रुपैयाँ पुँजीगत लाभकर पाएको थियो । चालु आवको साउन मसान्तसम्ममा १० करोड १५ लाख ८५ हजार ४५६ रुपैयाँ मात्रै पुँजीगत लाभकर सङ्कलन गरेको छ ।

यस्तै, गत साउनमा संस्थागत लगानीकर्ताले भने सरकारलाई ७ करोड ४५ लाख ९४ हजार रुपैयाँ पुँजीगत लाभकर बुझाएका छन् । सो महिनामा संस्थागत लगानीकर्ताबाट उठ्ने यस्तो कर भने बढेको हो । अघिल्लो वर्षको साउनमा भने संस्थागत लगानीकर्ताले गत आवको साउन मसान्तसम्म २ करोड २० लाख ५३ हजार ६५८ रुपैयाँ पुँजीगत लाभकर तिरेका थिए ।

लगानीकर्ताले सेयर कारोबारमा नाफा कमाएपछि नै सरकारलाई कर तिर्ने हो । साउनमा पनि सेयर बजार निराशाजनक नै रह्यो । नेप्से परिसूचक घट्दा नै यसबापत सरकारलाई जाने राजश्वमा पनि कमी देखिएको हो । सेयर बजारमा देखिएको अस्थिरताले अधिकांश लगानीकर्ताले घाटा बेहोर्नु परेको छ, जसले राज्यले पाउने पुँजीगत लाभकर पनि घटेको छ ।

अहिले दीर्घकालीन कारोबारीले ५ प्रतिशत र अल्पकालीन लगानीकर्ताले ७.५ प्रतिशत पुँजीगत लाभकर तिर्ने गरेका छन् । सेयर किनेको एक वर्षपछि बिक्री गरिन्छ भने त्यो दीर्घकालीन सेयर कारोबारमा गणना हुने गर्दछ । यस्तै, सेयर किनेको १ वर्षभित्र नै बिक्री गरिन्छ भने त्यो अल्पकालीन सेयर कारोबारमा पर्दछ ।