काठमाण्डु– प्रधानमन्त्री बालेन शाह (बालेन) ले आफू कालो चश्मा लगाएरै प्रतिनिधिसभा बैठकमा उपस्थित हुने...

पुरा पढ्नुहाेस्

प्याज निर्यातमा ४० प्रतिशत भारतको कर, नेपालमा पनि मूल्य बढ्ने

4.25K
shares

भारतले प्याज निर्यातमा ४० प्रतिशत कर लगाएको छ । उत्पादन घटेकोले आन्तरिक बजारलाई स्थिर राख्न निर्यातमा ४० प्रतिशत कर लगाएको वित्त मन्त्रालयलाई उद्धृत गर्दै भारतीय सञ्चारमाध्यमले जनाएका छन् ।

भारतमा पछिल्लो हप्ता मात्रै खुद्रा बजारमा प्याजको भाउ झन्डै ६० प्रतिशतले बढेर किलोको ५० भारुसम्म पुगेको छ । यसलाई नियन्त्रण गर्न भारत सरकारले आउँदो डिसेम्बर अन्तिमसम्मका लागि निर्यातमा कर लगाएको हो । भारतले प्याज निर्यातमा पहिलोपल्ट कर लगाएको हो । विश्वमा सबैभन्दा धेरै प्याज निर्यात गर्ने देश भारतले गएको अप्रिल १ देखि अगस्ट ४ सम्ममा नौ लाख ७५ हजार टन प्याज निर्यात गरेको छ ।

यसअघि भारतीय प्याज अरू निर्यातकर्ता देशहरू पाकिस्तान, चीन र इजिप्टको प्याज भन्दा सस्तो थियो । तर अब महँगो भएकोले निर्यात कम हुने र स्थानीय बजारमा भाउ बढ्नबाट रोकिने भारतीय सञ्चारमाध्यमले जनाएका छन् । भारतले प्याज निर्यातमा कर लगाउँदा नेपालमा पनि भाउ बढ्ने व्यवसायीहरू बताउँछन् ।

आज आइतवार कालीमाटी तरकारी बजारमा भारतीय प्याज औसतमा किलोको ६१ रुपैयाँमा बिक्री भइरहेको छ । नेपालले यसअघि नै प्याज आयातमा मूल्य अभिवृद्धि कर (भ्याट) लगाइसकेको छ । अब भारतबाट प्याज आयात गर्दा भारतमा ४० प्रतिशत निर्यात कर र नेपालमा १३ प्रतिशत भ्याट तिर्नुपर्छ ।