गृहपृष्ठ स्याङ्जामा भदौमै पाक्न थाल्यो सुन्तला

स्याङ्जामा भदौमै पाक्न थाल्यो सुन्तला

स्याङ्जामा भदौमै पाक्न थाल्यो सुन्तला

भदौ नलाग्दै सुन्तला पाकेपछि स्याङ्जामा साउनमै नयाँ सुन्ताला भेटिन थालेको छ । पुतलीबजार नगरपालिका–११, मायाटारीका बोधराज अर्यालले लगाएको उन्सु जातको सुन्तला साउनको अन्तिम साताबाटै पाक्न सुरु भएको हो । उनको फार्म करिब एक सय ५० रोपनी क्षेत्रफलमा फैलिएको छ ।

अर्यालको फार्ममा सुन्तला बँगैचामा उन्सुसहित १५ प्रजातिका १३ सय सुन्तला, अमिला जातका फलफूल, कफी, अदुवा, बेसार, तेजपत्ता, टिमुर, जुनारलगायत ३५ भन्दा धेरै कृषिउपज उत्पादन हुन्छन् ।

शान्ति कफी टे«ड र मायाटारी कफी उद्योग दर्ता गरेर उनले कृषि व्यवसाय सञ्चालन गरेका छन् । सुन्तला उत्पादनका लागि उपयुक्त हावापानी भएको स्याङ्जामा स्थानीयसहित विभिन्न प्रजातिका सुन्तला उत्पादन हुँदै आएका छन् । ‘साउनदेखि फागुनसम्म’ ताजा सुन्तला भन्ने नारासहित साउन, भदौमा उत्पादन दिने जापानिज उन्सु जातको सुन्तला लगाएको अर्यालले जानकारी दिए । ‘उन्सु जातको सुन्तला मात्र एक सय बोट छन्’उनले भने ‘अहिले ४० बोटले उत्पादन दिएका छन् भने ६० बोट उत्पादनका लागि ठिक्क छन् ।’

उन्सु जातका सुन्तलाका दाना ठूल्ठूला र निकै स्वादिला हुने अर्यालको भनाई छ । ‘बेमौसममा फलेका कारण सुन्ताला महंगो मूल्यमा बिक्री भएको जानकारी दिँदै अर्याल भन्छन् ‘अहिले घरमा आउने पाहुनालाई खुवाउने र कोसेलीका रुपमा दिने गरेका छौँ ।’ उनले उन्सु जातका सुन्तलाले एक÷दुई वर्षमै स्याङ्जामा राम्रो उत्पादन दिने बताए ।

सुरुमा उनले कीर्तिपुरस्थित राष्ट्रिय सुन्तला अनुसन्धान केन्द्रबाट दुई उन्सु जातका बेर्ना ल्याएर लगाएको थिए । ‘सुन्तला हुर्केपछि कलमी गरेर एक सय बोट उत्पादन दिने खालका सुन्तला बनाएको छु, नर्सरीमा किन्न चाहनेका लागि थुप्रै कलमी बिरुवा तयार गरेको छु ।’ अर्यालले भने ।

अर्यालले २०४९ सालमा १० बोटबाट सुन्तलाको व्यावसायिक खेती सुरु गरेका थिए । अर्यालको फार्मका उत्पादन वस्तु विगत १६ वर्षदेखि जापान निर्यात हुँदै आएका छन् । उनले विशेष गरेर कफी, सुन्तला, अदुवा, बेसार, तेजपत्ता, टिमुर, जुनार, जामलगायत ३५ भन्दा धेरै सामग्री जापान पठाउँदै आएको जानकारी दिए । पुतलीबजार–१२ पेल्काचौरमा ३० देखि ४० हजार कलमी सुन्तलाका बिरुवा उत्पादन गर्ने उद्देश्यसहित उच्च प्रविधिको नर्सरीसमेत बनाएको बताए ।

उनले उत्पादन गरेको सुन्तला काठमाडाँै, बुटवल, भैरहवालगायतका स्थानमा निर्यात हुने गरेको छ । अर्यालले एक सय बढी कृषिसम्बन्धी तालिम लिएका छन् । उनले हाल सुन्तला र कफीसम्बन्धी जिल्ला बाहिर र जिल्लाभित्र प्रशिक्षकका रुपमा तालिमसमेत दिँदै आएका छन् । उनको फार्ममा अहिले पाँच जनाले रोजगारी पाएका छन् भने सुन्तलाको याममा २० जनासम्मले रोजगारी पाउने गरेका छन् ।

कृषि ज्ञानकेन्द्र स्याङ्जाका प्रमुख विनोद हमालले जिल्लामा पुतलीबजार, अर्जुनचौपारी र वालिङ नगरपालिकामा उन्सु जातको सुन्तलाखेती व्यावसायिकरुपमा गर्न थालिएको जानकारी दिए । उनले स्याङ्जामा २२ सय हेक्टर क्षेत्रफलमा सुन्तलाखेती हुँदै आएको जानकारी दिए ।

प्रकाशित समय : १४:१६ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु