काठमाण्डु– प्रधानमन्त्री बालेन शाह (बालेन) ले आफू कालो चश्मा लगाएरै प्रतिनिधिसभा बैठकमा उपस्थित हुने...

पुरा पढ्नुहाेस्

संसद् अवरूद्ध हुँदा सांसदबारे जनताको दृष्टिकोण राम्रो रहँदैन : सभामुख

3.35K
shares

प्रतिनिधिसभाका सभामुख देवराज घिमिरेले संसद् अवरूद्धहुँदा सांसदहरूबारे जनताको दृष्टिकोण राम्रो नरहने बताएका छन्।

आइतबार संघीय सभाको अवरोध खुलाउनका सभामुख घिमिरेले बोलाएको बैठकमा उनले संसद् अवरूद्धहुँदा सांसदहरूबारे जनताको दृष्टिकोण राम्रो नरहने बताएका हुन्।

उनले भने, ‘म सभामुख छु, तपाईंहरु प्रमुख सचेतक/सचेतक हुनुहुन्छ। अहिले व्यवस्था बलियो बनाउने भूमिमा हामी छौं। हामी नै जिम्मेवार बनेनौँ भने न संसदीय प्रणाली बलियो हुन्छ, न सांसदहरुबारे जनताको दृष्टिकोण राम्रो रहन्छ।’

सभामुख घिमिरेले बोलाएको शीर्ष दलका प्रमुख सचेतकहरूको बैठकमा एमालेले आफ्नो अडान नछोड्दा बैठक निष्कर्षविहीन बनेको छ।