गृहपृष्ठ ढुंगेधारामा बसको ठक्करबाट दुई जनाको मृत्यु, एक बालिका घाइते
ढुंगेधारामा बसको ठक्करबाट दुई जनाको मृत्यु, एक बालिका घाइते

काठमाडौंको ढुंगेधारामा बसको ठक्करबाट मोटरसाइकलमा सवार दुई जनाको मृत्यु भएको छ । एक जना बालिका घाइते भएकी छन् ।
बालाजुबाट कलंकीतर्फ गइरहेको ना ५ ख ५०९२ नम्बरको बसले विपरीत दिशाबाट जाँदै गरेको बागमती प्रदेश ना ५ ख ५०९२ नम्बरको बसले विपरीत दिशाबाट जाँदै गरेको बागमती प्रदेश–०२ ०३७ प ०७५५ नम्बरको मोटरसाइकललाई ठक्कर दिँदा मोटरसाइकलमा सवार दुई जनाको मृत्यु भएको हो ।
मृत्यु हुनेमा मोटरसाइकल चालक अन्दाजी ३५ बर्षिय रामकुमार भारती र पछाडि सवार सिन्धुपाल्चोकको साँगाचोकगढी–३ की ३२ बर्षिया अनिता थापामगरको मृत्यु भएको हो । उनीहरु दुवैको त्रिवि शिक्षण अस्पताल महाराजगञ्जमा उपचारको क्रममा आज बिहान ८ बजेर २० मिनेटमा मृत्यु भएको प्रहरीले जनाएको छ ।
दुर्घटनामा अनिताकी ९ बर्षिया छोरी अनिसा घाइते भएकी छन् । उनको स्वयम्भुस्थित मनमोहन अस्पतालमा उपचार भइरहेको छ । बस चालकलाई प्रहरी परिसर काठमाडौंले नियन्त्रणमा लिएको छ ।
प्रकाशित समय : १०:५४ बजे