काठमाण्डु– प्रधानमन्त्री बालेन शाह (बालेन) ले आफू कालो चश्मा लगाएरै प्रतिनिधिसभा बैठकमा उपस्थित हुने...

पुरा पढ्नुहाेस्

global ime bank Long Banner Ad

प्रभु क्यापिटलका ग्राहकलाई टोटल फिजिकल फिटनेशमा विशेष छुट

6.36K
shares

प्रभु क्यापिटलमा डिम्याट खाता खोलेका सम्पूर्ण हितग्राही ग्राहकहरुको शारिरिक व्यायमको लागि टोटल फिजकिल फिटनेश सेन्टरमा छुट सम्बन्धी सम्झौता भएको छ ।

उक्त सम्झौतापत्रमा क्यापिटलको तर्फबाट प्रमुख कार्यकारी अधिकृत आशिष गौचन र टोटल फिजकिल फिटनेशको तर्फबाट प्रबन्ध निर्देशक सुमन पण्डितले हस्ताक्षर गरेका हुन् । क्यापिटलका ग्राहकहरुले टोटल फिजकिल फिटनेशमासेवा लिदाँ २८ प्रतिशतसम्म छुट पाउनका साथै निशूल्क साउना कुपन पाउने भएका छन् ।

यो योजनाबाट लाभ लिन हितग्राहीहरुले बिल पेमेन्ट गर्दा प्रभु क्यापिटल लिमिटेडमा हितग्राही खाता रहेका जानकारी सहित हितग्राही खाता नम्बर टोटल फिजकिल फिटनेश सेन्टरलाई उपलब्ध गराउनु पर्नेछ ।

यो अफरको लाभ क्यापिटलका हितग्राही ग्राहकले छुट सम्झौता भएको मितिबाट ५ वर्ष सम्म लिन सक्नेछन् ।

काठमाडौंको नयाँ बानेश्वर क्षेत्रमा रहेको टोटल फिजकिल फिटनेश अत्याधुनिक उपकरणबाट सेवा प्रदान गरिरहेको छ ।

यस फिटनेस सेन्टरमा फ्लेक्स र टोन, तौल घटाउने, को–एड बक्सिङ, बर्न्स र एब्स, स्पिनिङ, किक बक्सिङ, स्टेप एण्ड टोन, कार्डियो, जुम्बा, योग र जिम जस्ता विभिन्न उपकरणहरु रहेका छन् ।