८ सय रुपैयाँले घट्यो सुनको मूल्य, कति पुग्यो प्रतितोला ?
वि.सं.२०८० साउन ३२ बिहीवार १२:११
shares

केही समयदेखि ऐतिहासिक रकर्ड पुर्याएको सुनको मस्ल्यमा केही गिरावट आएको छ । बुधबार पनि सामान्य घटेको सुनको भाउमा आज ८ सय रुपंयाँले घटेको छ ।
चाँदी पनि यस दिन पाँच रुपैयाँले सस्तिएको छ ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन प्रतितोला एक लाख १० हजार ४०० रुपैयाँमा र तेजाबी सुन प्रतितोला एक लाख ९ हजार ८५० रुपैयाँमा झरेको छ ।
हिजो सुन तोलामा १०० रुपैयाँले घट्दा प्रतितोला एक लाख ११ हजार २०० रुपैयाँमा कारोबार भएको थियो ।
साउन ३२ गते, चाँदीको मूल्य पनि गिरावट भएको छ । आज चाँदी तोलामा पाँच रुपैयाँले सस्तिएको हो । यस दिन चाँदी प्रतितोला एक हजार ३७० रुपैयाँमा खरिदबिक्री हुँदैछ । अघिल्लो कारोबार दिन पनि चाँदी प्रतितोला पाँच रुपैयाँले ओरालो लागेर एक हजार ३७५ रुपैयाँमा किनबेच भएको थियो ।

























