काठमाण्डु– प्रधानमन्त्री बालेन शाह (बालेन) ले आफू कालो चश्मा लगाएरै प्रतिनिधिसभा बैठकमा उपस्थित हुने...

पुरा पढ्नुहाेस्

global ime bank Long Banner Ad

‘नक्कली डाक्टर’को आरोपमा पक्राउ परेका यादव थुनामुक्त

11.05K
shares

‘नक्कली डाक्टर’को आरोपमा पक्राउ परेका डा. रञ्जितकुमार यादव थुनामुक्त भएका छन् ।

‘नक्कली डाक्टर’ भन्दै प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी)ले उनलाई पक्राउ गरेको थियो । अहिले नक्कली डाक्टरविरुद्ध अभियान नै चलाएको सीआईबीले यादव सक्कली नै भएको थाहा पाएपछि थुनामुक्त गरेको हो ।

नेपाल मेडिकल काउन्सिलले यादवको प्रमाणपत्रको प्रतिलिपि सहितको पत्र सीआईबीलाई सोमबार पठाएको थियो । काउन्सिलको उक्त पत्रपछि सीआईबीले उनलाई छाडेको हो ।

यो प्रकरणमा प्रतिनिधिसभा सदस्य तथा नेपाली काँग्रेसका नेता सुनिल शर्मा पनि पक्राउ परेका थिए । तर उनी २ दिनमा नै छुटेका छन् ।