गृहपृष्ठ काँग्रेस संसदीय दलको बैठक आज सकिँदै
काँग्रेस संसदीय दलको बैठक आज सकिँदै
नेपाली काँग्रेस संसदीय दलको बैठक आज सकिँदै छ । गत शुक्रबारदेखि जारी बैठक आज सकिन लागेको हो । समसामयिक राजनीतिक विषयमा निर्णय गर्दै बैठक आज सकिने प्रमुख सचेतक रमेश लेखकले जानकरी दिए ।
बैठकमा सरकारका कामकारबाही, सुन तस्करीलगायत पछिल्ला राजनीतिक घटनाक्रमका बारेमा सांसदहरूले आफ्नो धारणा राखेका थिए ।
१०० किलो सुन तस्करीको विषयमा उच्चस्तरीय छानबिन समिति गठन गर्नुपर्ने धारणासमेत सांसदहरूले राखेका थिए । सांसदहरूले मोरङका सांसद सुनिल शर्मा पक्राउको विरोधसमेत गरेका छन् ।
सरकारका कामकारबाहीबारे समेत प्रश्न उठेपनि काँग्रेस नेताहरूले सरकार ढाल्ने र अर्को बनाउने विषय नउठेको स्पष्टीकरण दिएका छन् ।
बैठकमा आइतबारसम्म ५० जना सांसदले धारणा राखेका छन् । आज बिहान ११ बजेदेखि सुरु हुने बैठकमा बाँकी सांसदहरूले धारणा राख्नेछन् ।
प्रकाशित समय : ०९:५२ बजे


















