गृहपृष्ठ पहिरोले बुटवल–पाल्पा सडक अवरुद्ध
पहिरोले बुटवल–पाल्पा सडक अवरुद्ध
सिद्धार्थ राजमार्गको बुटवल–पाल्पा सडक खण्ड पहिरोका कारण अवरुद्ध भएको छ । बुटवल–पाल्पा सडक खण्डअन्तर्गत तिनाउ गाउँपालिका वडा नम्बर ३ स्थित तिस माइलमा सडकमाथिबाट पहिरो झरेको छ ।
दोभान प्रहरी चौकीका प्रहरी नायब निरीक्षक कमल थापाले पहिरोका कारण गए राती १२ बजेदेखि सडक अवरुद्ध भएको बताए।
पहिरो पन्छाएर अवरुद्ध सडक खुलाउने प्रयास भए पनि सडक खुली नसकेको थापाले जानकारी दिए।
पहिरोसँगै सडकमा रुख ढलेर अवरुद्ध भएपछि बुटवलबाट पाल्पा, गुल्मी, पोखरा, स्याङ्जा, बाग्लुङ लगायतका जिल्ला जाने र बुटवल आउने सयौँ सवारी साधन बीच बाटोमा रोकिएका छन्।
प्रकाशित समय : १०:२१ बजे


















