त्रिभुवन राजपथको पहिरो पन्छाई यातायात सञ्चालन
वि.सं.२०८० साउन २८ आइतवार १६:५७
shares

हिरो कारण अवरुद्ध रहेको त्रिभुवन राजपथमा शुक्रबार बिहानदेखि यातायात सञ्चालन भएको छ ।
अविरल वर्षासँगै त्रिभुवन राजपथअन्तर्गत् भीमफेदी गाउँपालिका–३, झिरघारीमा पहिरो जाँदा बिहीबार दिउँसो २ बजेदेखि उक्त सडकखण्ड अवरुद्ध भएको थियो ।
मकवानपुरमा भएर काठमाडौं प्रवेश गर्ने भीमफेदी–कुलेखानी तथा कान्तिराजपथमा पहिरो कारण अझै अवरुद्ध हुँदा सडकमा यातायात आउजाउ बन्द अवस्थामा रहेको छ । हाल भीमफेदी–कुलेखानी सडकखण्डको अवरोध हटाउने काम भइरहेको प्रहरीले जनाएको छ ।

























