काठमाण्डु– प्रधानमन्त्री बालेन शाह (बालेन) ले आफू कालो चश्मा लगाएरै प्रतिनिधिसभा बैठकमा उपस्थित हुने...

पुरा पढ्नुहाेस्

global ime bank Long Banner Ad

सरकारमा जनमतको प्रवेश : माओवादीबाट किराँती र मोदी बाहिरिँदै, हितबहादुर मन्त्री बन्ने

7.04K
shares

जनमत पार्टी सरकारमा सहभागि हुने भएसँगै मन्त्रिपरिषद् पुनर्गठन हुने भएको छ । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले माओवादीको भाग कटाएर जनमतलाई सरकारमा भित्र्याउन थालेका हुन् । यसका लागि माओवादीबाट मन्त्री बनेका सुदन किराँती र अमनलाल मोदी घर फर्किने तयारीमा छन् ।

यसअघि पर्यटनमन्त्री सुदन किराती र संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री अमनलाल मोदीमध्ये एकजनालाई हटाउने तयारी थियो । तर दुवै मन्त्रीको कार्यसम्पादन सन्तोषजनक नदेखिएछि माओवादी नेतृत्वले दुवै जनालाई फिर्ता बोलाउने निर्णय लिएको हो ।

माओवादीबाट गरिने हेरफेरमा स्थायी कमिटी सदस्य हितबहादुर तामाङलाई ल्याउन लागिएको बालुवाटारनिकट स्रोतले बताएको छ ।

नुवाकोट १ बाट निर्वाचित तामाङ पार्टीभित्र सिनियर नेतासमेत भएकाले उनलाई मन्त्री बनाउन प्रचण्डलाई पार्टीमा दबाब छ । उनी २०६३ मा अन्तरिम व्यवस्थापिका संसद्को विधायका बनेका थिए । उनी युवा खेलकुदमन्त्री समेत भएका थिए ।

असार अन्तिम साता माओवादीको कोटामै जनमतलाई भित्र्याउने सत्तागठबन्धनमा सहमति भइसकेको छ । जनमत पार्टीले अनितादेवी साहको नाम २६ असारमै बालुवाटारमा बुझाएकोमा भोलिपल्टै प्रधानमन्त्रीपत्नी सीताको निधन भएपछि उनी नियुक्त हुन सकिनन् ।

जनमतले पर्यटनमन्त्रालयमा दाबी गरिरहेको छ । जनमतको भागमा पर्यटन दिँदा काँग्रेसकी सीता गुरुङलाई संघीय मामिलामा ल्याएर हितबहादुरलाई शहरी विकास मन्त्रालयको जिम्मा दिने तयारी छ ।