काठमाण्डु– प्रधानमन्त्री बालेन शाह (बालेन) ले आफू कालो चश्मा लगाएरै प्रतिनिधिसभा बैठकमा उपस्थित हुने...

पुरा पढ्नुहाेस्

global ime bank Long Banner Ad

तीन वर्षमा सुदूरपश्चिमबाट मात्रै अख्तियारमा ५ हजार बढी उजुरी

5.78K
shares

तीन वर्षको अवधिमा सुदूरपश्चिम प्रदेशबाट अख्तियार दुरुपयोग गरेको भन्दै ५ हजार २ सय ६७ परेका छन् । अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कञ्चनपुर कार्यालयले दिएको जानकारी अनुसार अख्तियारको दुरुपयोग गरेको भन्दै उजुरी दिनेको संख्या वर्षेनी बढ्दै गएको छ ।

आर्थिक वर्ष ०७७/०७८ मा प्रदेशबाट १ हजार ५ सय ७६ वटा उजुरी परेका थिए ।

आर्थिक वर्ष ०७८/०७९ मा उक्त संख्या बढेर १ हजार ७ सय ३९ पुगेको थियो । गत आर्थिक वर्ष ०७९/०८० मा १ हजार ९ सय ५२ पुगेको कार्यालयले जनाएको छ ।

तीन वर्षको अवधिमा परेका उजुरीमध्ये ४ हजार ५ सय १७ उजुरी फर्छ्यौट भइसकेका र बाँकी ७ सय २० हाल अनुसन्धानमा रहेका छन् ।

तीन वर्षको अवधिमा सबैभन्दा बढी उजुरी कैलालीबाट परेका छन् ।