काठमाण्डु– प्रधानमन्त्री बालेन शाह (बालेन) ले आफू कालो चश्मा लगाएरै प्रतिनिधिसभा बैठकमा उपस्थित हुने...

पुरा पढ्नुहाेस्

global ime bank Long Banner Ad

उडानमा रोक लागेको सिम्रिक एयरले बुझायो ४३ लाख बक्यौता

6.28K
shares

सिम्रिक एयरले नियामक नेपाल नागरिक उड्डयन प्राधिकरणलाई ४३ लाख रुपैयाँ बक्यौता बुझाएको छ । प्राधिकरणले बक्यौता नतिरेको भन्दै बिहीबारदेखि सिम्रिकका सबै उडान ग्राउन्डेड गरिदिएको थियो ।

सिम्रिकले प्राधिकरणलाई ५५ लाख रुपैयाँ बक्यौता रहेकोमा यसअघि आठ लाख रुपैयाँ तिरेको र शुक्रबार ४३ लाख रुपैयाँ बुझाएको हो । अब दुई लाख रुपैयाँ बक्यौता रहेको प्राधिकरणले जनाएको छ ।

बक्यौता रकम चुक्ता गरे मात्र उडान फुकुवा हुने प्राधिकरणले जनाएको थियो । सिम्रिकले पूरै बक्यौता चुक्ता नगरेकाले उडान खुलाउने विषयमा भने निर्णय नभएको प्राधिकरणले जनाएको छ ।

प्राधिकरणले अहिलसम्म वित्तीय अवस्था कमजोर रहेका र प्राधिकरणलाई बक्यौता नतिर्ने दुईवटा एयर कम्पनीको उडान ग्राउन्डेड गरिसकेको छ ।

प्राधिकरणले ४ करोड ५० लाख बक्यौता रकम नतिरेपछि गुण एयरको उडानमा रोक लगाएको थियो । गुण एयरलाइन्सको वित्तीय अडिट कमजोर देखिएपछि माघ महिनादेखि उडानमा रोक लगाइएको हो ।