काठमाण्डु– प्रधानमन्त्री बालेन शाह (बालेन) ले आफू कालो चश्मा लगाएरै प्रतिनिधिसभा बैठकमा उपस्थित हुने...

पुरा पढ्नुहाेस्

global ime bank Long Banner Ad

१६ सेवाप्रदायक कम्पनीलाई रोयल्टी बुझाउन प्राधिकरणको निर्देशन

5.65K
shares

नेपाल दूरसञ्चार प्राधिकरणले १६ वटा इन्टरनेट सेवाप्रदायक कम्पनीलाई रोयल्टी रकम बुझाउन निर्देशन दिएको छ ।

प्राधिकरणले बिहीबार एक सूचना प्रकाशन गर्दै अनुमति प्राप्त गरेका १६ वटा कम्पनीलाई दूरसञ्चार सेवा सञ्चालन गरेबापत आर्जन गरेको कुल आम्दानीको ४ प्रतिशत र ग्रामीण दूरसञ्चार विकास कोष बापतको २ प्रतिशत गरी ६ प्रतिशत रोयल्टी रकम तत्काल बुझाउन निर्देशन दिएको हो ।

इन्टरनेट सेवाप्रदायक कम्पनीले रोयल्टी बापतको रकम २०७९ पुस मसान्तभित्र बुझाउनुपर्ने थियो । तर, प्राधिकरणको आग्रहलाई उनीहरुले वेवास्ता गरेपछि बिहीबार सूचना नै प्रकाशित गरेर शुल्क बुझाउन आग्रह गरेको छ । अन्यथा हदैसम्मको कारबाही गर्ने समेत चेतावनी दिएको छ ।