काठमाण्डु– प्रधानमन्त्री बालेन शाह (बालेन) ले आफू कालो चश्मा लगाएरै प्रतिनिधिसभा बैठकमा उपस्थित हुने...

पुरा पढ्नुहाेस्

global ime bank Long Banner Ad

नेविसंघको असन्तुष्ट पक्षले पार्टी सभापति देउवाको घर घेर्ने

6.2K
shares

नेपाल विद्यार्थी संघ (नेविसंघं)को तदर्थ केन्द्रीय समिति विस्तार भएसँगै असन्तुष्ट विद्यार्थी नेताहरु विरोधमा उत्रिएका छन् ।

नेविसंघमा नेताका भतिज, साला र आफन्त नियुक्त गरेको भन्दै असन्तुष्ट विद्यार्थी नेताहरुले समानान्तर समिति गठन गर्ने तयारी पनि गरेका छन् ।

समानान्तर समिति बनाउनको लागि बुधबार कांग्रेसको पार्टी कार्यालयमा गए पनि प्रहरी परिचालन गरेर जान नदिएपछि आक्रोशित उनीहरुले पार्टी सभापति शेरबहादुर देउवाको घर घेर्ने तयारी गरेका छन् ।

नेविसंघका नेता योगेन्द्र रावलले भने, ‘पार्टी कार्यालयमा जान हामीलाई नदिएपछि त कुनै नेताको घरमा गएर कमिटि बनाउनुपर्ने हुन्छ, आज शेरबहादुर दाइको घर घेर्न जान्छौं ।’

नेपाली कांग्रेसको भ्रातृ संस्था नेविसंघमा पार्टी सभापति शेरबहादुर देउवाले सोमबार ७१० जनालाई मनोनित गरेपछि मनोनयनमा नपर्नेहरुले विरोध गरिरहेका हुन् ।

केन्द्रीय कार्यसमितिमा परेका एक विद्यार्थी नेताका अनुसार त्रिभुवन विश्वविद्यालयका उपप्राध्यापक प्रेम चलाउनेलाई कुटपिट गरेको आरोप लागेका योगेन्द्र रावल, दिपक ओझा, रुपेश शाह मनोनित कार्यसमितिमा नपरेपछि आन्दोलनमा उत्रिएका हुन् ।