काठमाण्डु– प्रधानमन्त्री बालेन शाह (बालेन) ले आफू कालो चश्मा लगाएरै प्रतिनिधिसभा बैठकमा उपस्थित हुने...

पुरा पढ्नुहाेस्

global ime bank Long Banner Ad

प्रतिनिधि सभामा एमाले सांसदहरुको नाराबाजी

4.85K
shares

सुन तस्करी प्रकरणलाई लिएर प्रमुख प्रतिक्षी नेकपा एमालेले प्रतिनिधि सभामा नाराबाजी गरेको छ ।

सुन तस्करी प्रकरणमा उच्चस्तरीय छानबिन समिति गठनको माग गर्दै आएको एमालेले आइतबारको प्रतिनिधिसभा बैठकमा बेल घेर्दै नाराबाजी गरेपछि सभामुख देवराज घिमिरेले साउन २६ गते दिउँसो १ बजेसम्मका लागि प्रतिनिधि सभा बैठक स्थगित गरेका छन् ।

बैठक सुरु हुनेवित्तिकै एमाले सांसदहरुले बोल्ने समय मागेका थिए ।

तर सत्तापक्षका सांसदहरुले पनि बोल्न समय माग गरे । सभामुख देवराज घिमिरेले एमाले सांसद सूर्य थापालाई बोल्न समय दिएपछि सत्तारुढ सांसदहरुले बिरोध जनाए । सभामुखले एमाले सांसद थापालाई समय सकियो भनेपछि एमाले सांसदहरुले वेलमा आएर नाराबाजी गरेका थिए ।