काठमाण्डु– प्रधानमन्त्री बालेन शाह (बालेन) ले आफू कालो चश्मा लगाएरै प्रतिनिधिसभा बैठकमा उपस्थित हुने...

पुरा पढ्नुहाेस्

global ime bank Long Banner Ad

काँग्रेसलाई गुनासो गर्ने छुट छैन : महामन्त्री थापा

7.29K
shares

नेपाली काँग्रेसका महामन्त्री गगन थापाले काँग्रेसलाई गुनासो गर्ने छुट नभएको बताएका छन् । काँग्रेस अहिले संघ, प्रदेश र स्थानीय तहसमेत गरी ३३२ वटा सरकारमा संलग्न रहेको उल्लेख गर्दै नेपाल लोकतान्त्रिक आदिवासी जनजाति महासंघले आयोजना गरेको २९ औँ विश्व आदिवासी दिवसको सन्दर्भमा अहिले पार्टीको नीति र सिद्धान्तबमोजिम कानुन र योजना बनाउने अनि कार्यान्वयन गर्ने दिशामा अघि बढ्नुपर्ने बताए ।

‘कांग्रेस संघमा, प्रदेशमा र स्थानीय सरकारमा पनि छ । त्यसकारण अहिले काँग्रेस ३३२ वटा सरकारको नेता हो, काँग्रेसलाई गुनासो गरेर बस्ने छुट छैन,’ उनले भने, ‘यो काँग्रेसले काम गर्ने र परिणाम देखाउने बेला हो । हामीले संविधानको कार्यान्वयनका लागि काम गर्ने हो, कानुन बनाउने हो । योजना बनाउने हो, कार्यान्वयन गर्ने हो ।’

महामन्त्री थापाले कांग्रेस समावेशी लोकतन्त्रको पक्षधर पार्टी रहेको भन्दै दलित, महिला, आदिवासी जनजाति, मधेशी, थारु र मुस्लिमसहितका समुदायलाई अधिकार दिने विषयमा प्रस्ट रहेको बताए ।