काठमाण्डु– प्रधानमन्त्री बालेन शाह (बालेन) ले आफू कालो चश्मा लगाएरै प्रतिनिधिसभा बैठकमा उपस्थित हुने...

पुरा पढ्नुहाेस्

global ime bank Long Banner Ad

संसदको अवरोध खुलाउन पहल गर्छौ : माओवादी

6.57K
shares

नेकपा माओवादी केन्द्रले संसदको अवरोध हटाउन र संसदीय समितिका सभापति चयनका गर्न पहल गर्ने निर्णय गरेको छ । त्यसका लागि प्रमुख प्रतिपक्ष, प्रतिपक्ष र सत्ता पक्षका नेताहरुसँग छलफल गर्ने निर्णय बैठकले गरेको माओवादी केन्द्रका प्रमुख सचेतक हितराज पाण्डेले जानकारी दिए ।

नेकपा एमालेले सुन तस्करी प्रकरणमा उच्चस्तरीय छानबिन समिति गठन गर्न माग गर्दै एमालेले संसद अवरुद्ध गर्दै आएको छ ।

आज दिउँसो एक बजे संसद बैठक बस्नुअघि सभामुख देवराज घिमिरेले पनि शीर्ष नेताहरुसँग छलफल गर्दैछन् । यही छलफलबाट समस्याको समाधान हुने माओवादी केन्द्रको विश्वास छ ।