गृहपृष्ठ आज नागढुंगा–सिस्नेखोला सुरुङको ‘ब्रेक थ्रु’ हुँदै
आज नागढुंगा–सिस्नेखोला सुरुङको ‘ब्रेक थ्रु’ हुँदै
निर्माण सुरु भएको झन्डै चार वर्षपछि आज नागढुंगा–सिस्नेखोला सुरुङमार्ग अन्तर्गत ‘रेस्क्यु टनेल’को ‘ब्रेक थ्रु’ आज हुँदैछ ।
‘ब्रेक थ्रु’ गर्नका लागि एक मिटर मात्र ‘रेस्क्यू टनेल’को काम बाँकी रहेको सो परियोजनाले जनाएको छ । २०७६ कात्तिक ४ गते शिलान्यास भई निर्माण थालिएको रेस्क्यु टनेलको सुरुङ निर्माणको काम सोमबारदेखि सकिन लागेपछि एकमिटर मात्रै बाँकी राखिएको हो । जो आज ‘ब्रेक थ्रु’ गरिने छ ।
सो ‘ब्रेक थ्रु’ हुने भएपछि आज दिउँसो भौतिक पूर्वाधार तथा यातायातमन्त्री प्रकाश ज्वाला नागढुंगा आयोजना स्थलमा पुग्दैछन । उनको उपस्थितिमा सो ‘ब्रेक थु’ गरिने छ ।
मुख्य टनेलको सुरूङको काम अब १८ प्रतिशत मात्र बाँकी रहेको छ । २.६ किलोमिटर लम्बाइ रहेको मुख्य टनेलको ५ सय ६ मिटर मात्र अब खन्न बाँकी रहेको आयोजनाले जनाएको छ ।
प्रकाशित समय : ०७:२९ बजे



















