रोकिएन सहकारी पिडितहरुको प्रदर्शन
वि.सं.२०८० साउन १८ बिहीवार १६:२४
shares

आफ्नो बचत पाउन पनि हरेक दिन लडिरहेका छन् सहकारी पिडितहरु । महिनौंदेखि आन्दोनल गरेपनि उनीहरुको माग सुनुवाई हुन सकेको छैन ।
विभिन्न ठाँउबाट काठमाडौं आएर आन्दोलन गर्दै आएका पिडितहरु किले प्रहरीको लट्ठी खान्छनु त कहिले राज्यको बेवास्ता । तर पनि उनीहरु ज्यानको प्रवाह नगरी निरन्तर आन्दोलन बसेर आफ्नो दुखको कमाई उठाउन खोजिरहेका छन् ।
आज पनि काठमाडौंको बिजुलीबजारस्थित आर्क ब्रिजमा सहकारीपीडितले सडक अवरुद्ध गर्न खोजेपछि प्रहरीले हस्तक्षेप गरेको थियो । त्यसक्रममा करिब १५ जना घाइते भएका छन् ।
घाइतेमध्ये दुईजनाको अवस्था गम्भीर रहेको र उनीहरुलाई उपचारका लागि अस्पताल लगिएको छ ।
सहकारी पीडित लामो समयदेखि माइतीघर मण्डलमा आन्दोलन गर्दै आएका छन् ।
हाम्रो वचत फिर्ता गर्, भ्रष्ट सञ्चालक समितलाई कारबाही गर्, प्रहरीले दमन गर्न पाउँदैन, पक्राउ परेकालाई रिहा गर्,सहकारीको ताराले दुख पाए साराले लगायतका नारा लगाएका थिए ।

























