काठमाण्डु– प्रधानमन्त्री बालेन शाह (बालेन) ले आफू कालो चश्मा लगाएरै प्रतिनिधिसभा बैठकमा उपस्थित हुने...

पुरा पढ्नुहाेस्

global ime bank Long Banner Ad

माओवादी बैठक अध्यक्ष प्रचण्डमाथि छोरी–ज्वाइँ र परिवारबाद हावी भएको आरोप

6.87K
shares

नेकपा माओवादी केन्द्रको जारी केन्द्रीय समितिको दोस्रो दिनको बैठकमा पनि नेतृत्वमाथि प्रश्न उठेको छ । ।

कमलादीस्थित प्रज्ञा प्रतिष्ठानमा चलिरहेको बैठकमा बोल्ने अधिकांश नेताहरूले नेतृत्वको चर्को आलोचना गरिरहेका छन् । पार्टीको शीर्ष भूमिकामा रहेका अधिकांश नेताहरूमा परिवारबाद हाबी भन्दै अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डमाथि प्रश्न उठाएका छन् ।

पहिलो दिनको बैठकमा जस्तै आजको बैठकमा पनि प्रधानमन्त्रीसमेत रहेका पार्टी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, गृहमन्त्री नारायणकाजी श्रेष्ठलगायत पार्टी नेतृत्वमा रहेकाहरू परिवारबादमा रमाएको भन्दै नेताहरूले आलोचना गरेका छन् । बैठकमा बोल्नेक्रममा नेताहरूले परिवारबादले पार्टीलाई समाप्त पार्न लागेको बताएका छन् ।

बैठकमा बोल्ने नेताहरूले मंसिरमा गर्ने प्रस्ताव गरिएको विधान सम्मेलन आवश्यक नभएको बताएका छन् । उनीहरूले  विधान महाधिवेशन नगरी सांगठनिक महाधिवेशन गर्न नेतृत्वले प्रस्तावसमेत गरेका छन् । यस्तै, बैठकमा बोल्ने अधिकांशले पार्टीलाई बचाउन परिवारबादबाट मुक्त हुनुपर्नेमा जोड दिएका छन् ।

बैठकमा बोल्ने केन्द्रीय सदस्यहरूले प्रधानमन्त्री प्रचण्डको सचिवालय छोरी–ज्वाइँले घेरिएको आरोप लगाएका छन् । भने, हाम्रो पार्टी र अध्यक्ष प्रचण्डको सचिवालय छोरी–ज्वाइँले घेरियो भनेर आरोप लगाएका छन् ।