काठमाण्डु– प्रधानमन्त्री बालेन शाह (बालेन) ले आफू कालो चश्मा लगाएरै प्रतिनिधिसभा बैठकमा उपस्थित हुने...

पुरा पढ्नुहाेस्

global ime bank Long Banner Ad

शेयर बजार बढ्दा यी हुन् टपटेन कारोबार भएका कम्पनी

5.8K
shares

आज नेप्से परिसूचक ३ अंकले बढेर २,०८९ को विन्दुमा कायम भएको छ । आज ७६ कम्पनीको शेयर मुल्य बढेको छ भने १३० कम्पनीको शेयर मुल्य घटेको छ ।

आज १ अर्ब ७८ करोड १९ लाख ४१ हजार रुपैयाँको शेयर कारोबार हुँदा सबैभन्दा धेरै शिवम् सिमेन्टको शेयर कारोबार भएको छ ।

आज कम्पनीको ९ करोड २३ लाख रुपैयाँको शेयर कारोबार भएको छ । सिइडिबी हाइड्रोपावर कम्पनीको ५ करोड ५४ लाख रुपैयाँको शेयर कारोबार भएको छ ।

त्यस्तै, आइसीएफसी फाइनान्सको ५ करोड २ लाख रुपैयाँको शेयर कारोबार भएको छ । प्रोग्रेशिभ फाइनान्स कम्पनीको पनि ५ करोड २ लाख रुपैयाँको शेयर कारोबार भएको छ । नेपाल पुनर्बीमा कम्पनीको ४ करोड ९४ लाख रुपैयाँको शेयर कारोबार भएको छ ।