धनगढीमा जुवाको खालबाट समातिए वडाध्यक्ष, प्रदेशका नेता र कर्मचारी
वि.सं.२०८० साउन १७ बुधवार १०:२८
shares

धनगढीमा जुवाको खालबाट केही स्थानीयतहका वडाध्यक्ष, प्रदेशका नेता र कर्मचारी समातिएका छन् ।
बसपार्कस्थित कलेल होटलमा जुुवातास खेलिरहेको सूचना प्राप्त भएपछि छापा हानेर होटल सञ्चालक तेजबहादुर सहितका १० जनालाई प्रहरीले समातेको हो ।
वडाको टोलीले कलेल होटलमा छापा हानेर नियन्त्रणमा लिइएकाहरु निर्वाचित जनप्रतिनिधि, कर्मचारी र विभिन्न राजनीतिक दलका प्रदेश स्तरका नेतासमेत रहेको खुलेको छ ।
सुुरुमा प्रहरीलाई समेत गलत परिचय र ठेगाना बताएका उनीहरुको फोटो सार्वजनिक भएपछि पहिचान खुलेको हो ।
प्रहरीकाअनुुुसार पक्राउ परेकामध्ये योगेन्द्र ठकुल्ला डोटीको पूर्वीचौकी गाउँपालिका–२ का वडाध्यक्ष हुन् । खड्क साउँद पूर्वीचौकी गाउँपालिका–५ का वडाध्यक्ष हुन् ।
यस्तै प्रहरीले देवबहादुर खड्का भनेर सार्वजनिक गरेका व्यक्ति एकीकृत समाजवादी पार्टीका प्रदेश कमिटी सदस्य देवलाल खड्का रहेको पाइएको छ भने धनबहादुर विष्ट माओदावी केन्द्रका प्रदेश कमिटी सदस्य हुन् ।
गोदावरी नगरपालिका–३ बस्ने भनिएका कुवेर खड्का पूर्वीचौकी गाउँपालिका–७ का स्थानीय हुन् भने उनी नेपाली काँग्रेसको पूर्वजिल्ला सदस्य हुन् । सुजित खड्का सिलगढी खानोपनी तथा सरसफाइका कर्मचारी रहेको खुलेको छ ।
पुरनबहादुर खड्का पनि शिक्षक भएको बताइएको छ । उनीहरुसँगै डोटीकै अन्य तीन जना कार्यकर्ता पनि कलेल होटलमा जुवातास खेलिरहेका थिए । प्रहरीले उनीहरुको साथबाट एक लाख चार हजार नगद र तासको गड्डी बरामद गरेको थियो ।

























