टीआरसी विधेयक छिटो पारित गर्नुपर्ने काँग्रेसको निष्कर्ष
वि.सं.२०८० साउन १७ बुधवार ०९:५७
shares

नेपाली काँग्रेसले सत्य निरुपण तथा मेलमिलाप आयोग र बेपत्ता व्यक्तिको छानबिन आयोगको संशोधन विधेयक (टीआरसी विधेयक) चाँडै पारित गर्नुपर्ने निष्कर्ष निकालेको छ ।
मंगलबार काँग्रेस संसदीय दलको कार्यालय सिंहदरबारमा बसेको पदाधिकारी बैठकले संक्रमणकालीन न्यायसम्बन्धी विषय टुंग्याउन उक्त ऐन चाँडै पारित गर्नुपर्ने निष्कर्ष निकालेको काँग्रेस नेता मीन विश्वकर्माले बताए ।
सत्य निरुपण तथा मेलमिलाप आयोग र बेपत्ता व्यक्तिको छानबिन आयोगसम्बन्धी ऐन हाल प्रतितिनिधिसभामा विचाराधीन छ । उक्त विधेयकको विवादित विषयमाथि हाल एक उपसमितिमा छलफल भइरहेको छ ।

























