काठमाण्डु– प्रधानमन्त्री बालेन शाह (बालेन) ले आफू कालो चश्मा लगाएरै प्रतिनिधिसभा बैठकमा उपस्थित हुने...

पुरा पढ्नुहाेस्

global ime bank Long Banner Ad

तनहुँमा भरूवा बन्दुकले हानेर श्रीमतीको हत्या

6.91K
shares

तनहुँको व्यास नगरपालिका–५ मानुङमा भरूवा बन्दुकले हानेर श्रीमानले श्रीमतीको हत्या गरेका छन् । मानुङका ५६ वर्षीय श्रीप्रसाद आलेले भरुवा बन्दुकको गोली हानेर ४७ वर्षीया श्रीमती गीता आलेको हत्या गरेका हुन् ।

मंगलबार राति ११ बजे श्रीप्रसादले आफ्नै घरमा सामान्य विवाद हुँदा श्रीमतीलाई गोली हानेका थिए । गोली लागेर घाइते भएकी गीतालाई उपचारको लागि दमौली अस्पताल ल्याइएकोमा उनको राति १२ बजे मृत्यु भएको जिल्ला प्रहरी कार्यालय तनहुँका डीएसपी मोहनबहादुर खाँणले जानकारी दिए ।

श्रीप्रसादलाई राति नै प्रहरीले पक्राउ गरेको छ ।