काठमाण्डु– प्रधानमन्त्री बालेन शाह (बालेन) ले आफू कालो चश्मा लगाएरै प्रतिनिधिसभा बैठकमा उपस्थित हुने...

पुरा पढ्नुहाेस्

कोशीका मुख्यमन्त्री थापासहित तीन मन्त्रीको सपथ आज, सभामुख राजीनामा दिएका गौतम अर्थमन्त्री

6.57K
shares

कोशी प्रदेशका मुख्यमन्त्री उद्धव थापाले आज पद तथा गोपनियताको शपथ ग्रहण गर्ने भएका छन् ।

मंगलबार बहुमत जुटाएर मुख्यमन्त्रीमा दाबी पेस गरेका थापाले आज साढे १० बजे शपथ ग्रहण गर्नेछन् । आजै मन्त्री परिषद् विस्तार गर्ने पनि थापाको तयारी छ ।

उनले जनता समाजवादी पार्टीबाहेक गठबन्धन दल काँग्रेस, माओवादी र नेकपा (एकीकृत समाजवादी)बाट १/१ जना मन्त्रीसहित ४ सदस्यीय मन्त्रिमण्डल बनाएर शपथ लिने तयारी गरेको बताए ।

माओवादीबाट सभामुखबाट राजीनामा दिएका बाबुराम गौतम आर्थिक मामिला तथा योजनामन्त्रीमा, काँग्रेसबाट अघिल्लो सरकारका बिना विभागीयमन्त्री बनेका प्रदिपकुमार सुनुवार र नेकपा (एकीकृत समाजवादी) कमलप्रसाद जबेगु मन्त्रीमा जाने छन् ।