काठमाण्डु– प्रधानमन्त्री बालेन शाह (बालेन) ले आफू कालो चश्मा लगाएरै प्रतिनिधिसभा बैठकमा उपस्थित हुने...

पुरा पढ्नुहाेस्

global ime bank Long Banner Ad

प्रधानन्यायाधीश र संवैधानिक नियुक्तिमा संवैधानिक किचलो सुरू

5.75K
shares

आगामी प्रधानन्यायाधीशको नाम सिफारिस गर्न बसेको संवैधानिक परिषद्को बैठक निर्णय नगरि टुंगिएको छ । प्रधानन्यायाधीशको नाममात्रै सिफारिस गर्ने एजेन्डासहित बसेको बैठकमा संवैधानिक आयोगका अन्य पदमा पनि नियुक्ति गर्नुपर्ने माग उठेपछि निर्णय हुन सकेन । बैठक अब बिहीबार बस्नेछ ।

प्रधानन्यायाधीश हरिकृष्ण कार्कीले २० साउनमा अनिवार्य अवकाश पाउँदैछन् । प्रधानन्यायाधीश पद रिक्त हुनु एक महिनाअघि नै संवैधानिक परिषदले अर्को नाम सिफारिस गर्नुपर्ने संविधानमा व्यवस्था छ ।

यसअघि संवैधानिक परिषद्को भागबण्डा समयमै नटुंगिएपछि लामो समय न्यायालय कामुको भरमा चलेको थियो । सोही अवस्था फेरि दोहोरिने संकेत मंगलबार बसेको परिषद्को बैठकले देखाएको छ ।