गृहपृष्ठ सुनकाण्डमा निर्बाध छानबिन गर्ने माओवादी बैठकको निष्कर्ष
सुनकाण्डमा निर्बाध छानबिन गर्ने माओवादी बैठकको निष्कर्ष
फाइल
माओवादी नेताहरूले क्विन्टल सुन प्रकरणलगायतका भ्रष्टाचार मामिलामा निर्बाध छानबिन हुनुपर्नेमा जोड दिएका छन् । प्रधानमन्त्री निवास बालुवाटारमा सोमबार भएको पदाधिकारी बैठकमा उनीहरूले आफ्नै नेता वा निकट व्यक्ति संलग्न देखिए पनि अनुसन्धान रोक्न नहुने बताएका छन् ।
बैठकमा प्रधानमन्त्री एवं माओवादी अध्यक्ष पुष्पकमल दाहालले सरकारले राजनीतिक शुद्धीकरण, सामाजिक न्याय, सुशासनको क्षेत्रमा क्षेत्रमा व्यापक अभियान चलाइरहेको उल्लेख गर्दै भ्रष्टाचारमा संलग्न जो भए पनि अनुसन्धान हुने बताएका थिए ।
माओवादी बैठकमा सुन काण्डको अनुसन्धान आफूनिकट व्यक्तितिर सोझिने संकेत पाएपछि एमालेले उपप्रधान तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठको राजीनामा माग्दै विषयान्तर गर्न प्रयास गरेको कतिपय पदाधिकारीले टिप्पणी गरेका थिए ।
प्रकाशित समय : ०७:४६ बजे


















